arrow

डडेल्धुरामा बढ्दै आलु खेती क्षेत्रफल 

logo
टेकराज अवस्थी, 
प्रकाशित २०७८ पुष १५ बिहिबार
aalu-dadeldhura.JPG

डडेल्धुरा । तरकारी बाली आलुमा आत्मनिर्भर हुँदै गइरहेको डडेल्धुरा जिल्लामा आलु उत्पादन क्षेत्रफल बर्सेनि बढ्दै गइरहेको छ । एक सय २१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ भने किसानहरु पनि अन्नबाली भन्दा आलु खेतीतर्फ आकर्षित भइरहेका छन् । 

परियोजनालगायत कृषि ज्ञान केन्द्र, स्थानीय सरकार र कृषकसँगको साझेदारीमा किसानलाई सिँचाई, औजार, बिउ, मलखादमा गरेको सहयोगले आलुको क्षेत्रफल बढेसँगै उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई आलु सुपरजोन कार्यालय डडेल्धुराले जनाएको छ ।

चक्लाबन्दीमा आलुखेती क्षेत्रफल विस्तार भएको, भण्डारणका लागि शित भण्डार पनि भएकाले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आलु उत्पादन अपेक्षाकृत भन्दा बढी उत्पादन भएकाले डडेल्धुरा जिल्ला समग्रमा आत्मनिर्भरतर्फ उन्मुख भएको परियोजनाका कृषि विकास अधिकृत खेमराज जोशीले बताए ।

जोशीका अनुसार आलु उत्पादनमा डडेल्धुरा जिल्ला आत्मनिर्भरताको बाटोमा छ । तर आपूर्ति व्यवस्थापनका लागि अझै व्यवस्थित भइसकेको छैन । 

पूर्वाधारको कमी छ । यहाँका कृषि उद्यमीहरुले खायन आलुको लागि शितभण्डार निर्माण गर्नु जरुरी छ । जसले गर्दा वर्षभरि स्थानीय आलु स्थानीय बजारमा सहज रुपले आूर्ति होस् र स्थानीय उपभोक्ताले स्थानीय आलुको स्वाद लिन पाउन् । 

आलु उत्पादनमा अझै किसानहरुलाई कृषि शिक्षाको ज्ञान अपर्याप्त रहेको कृषि प्राविधिक एवं स्वयं कृषकहरुको भनाइ छ । आलु खन्ने समय नै नपुगी निकाल्ने, काँचो आलु शितभण्डारमा राख्ने पवृत्तिले आलुको गुणस्तरमा ह्रास मात्र आउँदैन तापक्रमको तालमेल नमिल्दा आलु कुहिएर जाने र अन्नतः बिउ र कृषि कर्मचारीलाई गाली गर्ने संस्कृतिको विकास पनि डडेल्धुरामा देखिन्छ ।  

अहिले हिउँदे र वर्षे गरी दुई सिजनमा लगभग ७ सय हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको डडेल्धुरामा अमरगढी नपा १, २, ३ र ७, नवदुर्गा गापा १, २ र ३, गन्यापधुरा गापा १ र ३, आलिताल गापा १ र परशुराम नगरपालिकाको ४ र ५ नं वडाहरु आलु खेतीका लगि पकेट क्षेत्र रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ