arrow

ककले लिए संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
quinton-de-kock.jpg

काठमाडौं । दक्षिण अफ्रिकी विकेटकिपर तथा ब्याट्सम्यान क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । 

सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी ककले ३४ र २१ रन जोडेका थिए । ‘मेरो भविष्य कस्तो हुन्छ भन्नेबारे सोच्न धेरै समय लगाएको छु,’ डी ककले भनेका छन् । दक्षिण अफ्रिकाबाट ५४ अन्तर्राष्ट्रिय टेस्ट खेलेका डी ककले ३३०० रन बनाएका थिए । 

‘भारतविरुद्धको आगामी टेस्टका लागि टोलीलाई शुभकामना । अब हामी एकदिवसीय र टी–२० मा भेट्ने छौं,’ २९ वर्षीय डी ककले भने । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ