arrow

सीजी नेट अब काठमाडौँभरि नै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
cgnet-ktm-2022.jpg

काठमाडौँ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौँ उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको छ। काठमाडौँका सबै भेगमा सीजी नेट उपलब्ध हुने भएको हो।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले अब काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफूहरू सक्षम भएको जानकारी दिए। ‘हामी काठमाडौँका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौँ’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘सस्तो मूल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौ।’ इन्टरनेट प्रयोगकर्ताले सीजी नेटप्रति देखाएको विश्वासले आफूहरूलाई हौसला प्रदान गर्दै थप जिम्मेवार बनाएको पनि उनले बताए।

९ सय ९९ रुपैयाँमै १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयाँमै पचास एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ। नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ।

गत जेठमा काठमाडौँका सीमित क्षेत्रबाट इन्टरनेट सेवाको सुरुवात गरेको सीजी नेटले हाल आफूलाई काठमाडौँका सबै भूभागमा पुर्‍याउँदा ग्राहक सङ्ख्या दश हजार नाघेको छ। सस्तो मूल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेहरूको लागि सीजी नेट सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ