गुरुराजको प्रश्न: निर्वाचन प्रक्रियाबाटै अलग भएका नेता रामचन्द्र पौडेल कसरी केन्द्रीय सदस्य ?
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
642
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १४औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियाबाट अलग रहेका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरिएकोमा आश्चर्य ब्यक्त गरेका छन् ।
घिमिरेले निर्वाचन प्रक्रियाबाटै अलग भएका र राजनीतिमा नैतिकताको प्रश्न गर्ने व्यक्ति कसरी मनोनित गरियो भनेर प्रश्नसमेत गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पौडेलसहित १० नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि घिमिरेले सामाजिक संजालमार्फत साझा सभापति हुन चाहेको नेताको चयन गलत भएको आशय व्यक्त गरेका छन् ।
नेता घिमिरेले लेखेका छन्, ‘हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेल नेकांको चौधौं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभो। आज केसको मनोनयनमा पर्नुभो। प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो ? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन ? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो ?’