arrow

नेपाली सेनामा जागिर खुल्यो, दरखास्त बुझाउन एक महिनाको समय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
army-headquater.jpg

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको २२९ जना अधिकृत क्याडेट पदका लागि भर्ना खोलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै भर्ना खोलेको जनाएको हो ।

उक्त पदका लागि आज अर्थात पुस १८ गतेदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद निर्धारण गरिएको छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

नयाँ खोलिएको विज्ञापनमा १२० जना, कर्तव्य पालनाको सिलसिलामा ज्यान गएका सैनिकका परिवारका लागि ६, महिला २१, आदिबासी जनजाती ३३, मधेसी २९, दलित १५ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग भएको छ ।

शैक्षिक योग्यताका हकमा प्रमाणपत्र तह उत्तिर्णका लागि २१ बर्ष ननाघेको र स्नातक तह उत्तिर्णका लागि २४ बर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ