arrow

दुर्लभ घटना : दक्षिण कोरियाली नागरिक किम उत्तरतर्फ भागे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
south-korea-north-korea.png

काठमाडौं । शनिबार साँझ एक जना दक्षिण कोरियाली कडा सुदृढ सीमा पार गर्दै उत्तर कोरियातर्फ गएको दक्षिण कोरियाली सेनाले जनाएको छ।वर्षाैंको दमन र गरिवीका कारण  किम जोङ उन नेतृत्वको उत्तर कोरियाबाट दक्षिण कोरिया मानिसहरू आउने गरे पनि दक्षिणबाट उत्तरतर्फ जाने घटना भने दुर्लभ हुन् ।

सन् १९५० देखि सन् १९५३ सम्म चलेको दक्षिण र उत्तर कोरियाबीचको युद्ध शान्ति सम्झौता बिना नै  रोकिएको छ । दुवै देशको सीमाबीचमा विस्फोटक ल्याण्ड माइन, कडा सैन्य उपस्थिति र निगरानी गरिएको छ, यो सीमालाई डिमिलिटराइज्ड जोन (डीएमजेड) भनिन्छ ।

गैरकानूनी रूपमा यो सीमा पार गर्न केही कम मानिसहरूले मात्रै साहस राख्छन् । उत्तर कोरियालीहरू दक्षिण आउन शुरुमा चीन जान्छन् र त्यसपछि दक्षिण प्रवेश गर्ने गर्छन् ।

डिमिलिटराइज्ड जोनको पूर्वी भागमा एक व्यक्ति पत्ता लागेपछि खोजी अभियान सञ्चालन गरेको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । यसबारे उत्तर कोरियाली सेनालाई समेत जानकारी गरिसकेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण अहिले पूर्णरुपमा सीमा क्षेत्रहरू बन्द गरेको छ । सन् २०२० को सेप्टेम्बरमा दक्षिण कोरियाली मछुवा अधिकारीलाई गोली हानेर मारेपछि प्योङयाङले एन्टिभाइरस नियमलाई कारण बनाउँदै माफी मागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ