- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ । भारत भ्रमणका क्रममा रहेकी आरजूसँग ‘अत्यन्त सौहार्दपूर्ण’ भेट भएको चौथाइवालेले जानकारी गराएका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत चौथाइवालेले आरजूसँग भेट भएको बताएका हुन् । यसअघि गत अगस्तमा भाजपा विदेश विभाग प्रमुख थौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री पत्नी आरजूले रक्षा बन्धन बाँधिदिएको कुराले चर्चा पाएको थियो ।
आउँदो साता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी भइरहेको छ । भारतको गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने तयारी भइरहेको हो ।
त्यसअघि व्यक्तिगत भ्रमणमा रहेको भनिएकी प्रधानमन्त्री पत्नी आरजूले भाजपाका विदेश विभाग प्रमुख थौथाइवालेलाई भेटेकी हुन् । जनवरी १० देखि १२ (पुस २६ देखि २८) सम्म भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ ।
Today, I had a very coordial meeting with Dr Arzoo Rana Deuba , who is currently on a personal visit to New Delhi. @NepaliCongress pic.twitter.com/FfSbK6yRJT
— Dr Vijay Chauthaiwale (@vijai63) January 2, 2022