arrow

दर्जी परिवारलाई रकम हस्तान्तरण

logo
कौरव खत्री,
प्रकाशित २०७८ पुष १८ आइतबार
shankar-darji.PNG

गुल्मी । गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गे निवासी शङ्कर दर्जीलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग रकम  हस्तान्तरण गरिएको छ ।  शनिवार एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र वयोवृद्ध रमा केसीले संयुक्त रूपमा दर्जी परिवारलाई १ लाख ९३ हजार ५सय ५४ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

दर्जीको स्वास्थ्य उपचारार्थको लागि आर्थिक सहयोग सङ्कलन अभियान मार्फत स्वदेश तथा विदेशबाट गरि कुल सङ्कलित ३ लाख ९५ हजार ४ सय ६६ रुपैयाँ आर्थिक सहयोग रकम मध्ये बिरामी दर्जीको स्वास्थ्य उपचारमा १ लाख ९९ हजार  ९ सय १२ रुपैयाँ उपचारमा खर्च भएको र बाँकी बचत रकम  १ लाख ९३ हजार ५स य ५४ रुपैयाँको नगद चेक दर्जी परिवारलाई प्रदान गरिएको शङ्कर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले जानकारी दिए ।

साथै आर्थिक सङ्कलन अभियानमा दर्जीको स्वास्थ्य उपचारको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरूलाई सहयोग सङ्कलन अभियानका अभियन्ता अशोक गौतम र दर्जी परिवारले विशेष धन्यवाद दिए ।

त्यस्तै सोही अवसरमा नेपाल पत्रकार महासङ्घ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले  बिरामी दर्जीको स्वास्थ्य उपचारलाई सहयोग सङ्कलन अभियान मार्फत सहयोग जुटाउन पहल र आर्थिक सहयोग गर्ने सबै सहयोगी दाताहरूलाई धन्यवाद दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ