arrow

इक्यान ललितपुर शाखामा ढकालको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
270246361_471857341171469_1609369693247771431_n.jpg

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ–इक्यान ललितपुर शाखामा उपेन्द्रदेव ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शाखाको छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनमार्फत अध्यक्षमा – उपेन्द्रदेव ढकल, निवर्तमान अध्यक्ष – सुरेन्द्र पोखरेल, उपाध्यक्ष – अर्विन्द कुमार सिंह, सचिव– बिरेन्द्रराज बज्राचार्य, कोषाध्यक्ष– सनमकुमार महर्जन र सदस्यहरुमा अजितकुमार थापा, दिवश महर्जन, विनोदकुमार भट्टराईसहितको कार्यसमिति बनेको छ ।

अध्यक्ष ढकालले सबै व्यवसायीहरुको सद्भाव र समर्थनमा इक्यान ललितपुरको नेतृत्व गर्ने अवसर पाएको बताए । उनले भने, ‘मलाई संस्थाको नेतृत्व गर्न दिनुभएकोमा सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारी पनि इमान्दारिताका साथ निभाउने प्रतिबद्धता जनाउँछु ।’

उनले अगाडि भने, ‘संस्थागत हित र व्यवसायीक मर्यादा कायम राख्दै अधिक साथीहरुलाई इक्यानमा गोलबद्ध गराउने भूमिका खेल्नेछु । साथै सबै साथीहरुले एकताबद्ध भएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास सलएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ