arrow

बैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारको निर्णय कुर्दै आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी २०७९ साल वैशाख १४ गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरे पनि सरकारले कुनै प्रतिक्रिया नआएको आयोगले जनाएको छ ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीको टोलीले वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोगका पदाधिकारी स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख १४गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्नैपर्ने वाध्यता रहेको भन्दै सरकारलाई सुझाव दिएका थिए ।

तर सरकारले यसबारे कुनै आधिकारिक निर्णय गरेको वा नगरेको जानकारी आयोगलाई प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हाम्राकुरालाई जानकारी दिए । सरकारले निर्देशन दिए आफूहरु निर्वाचन गराउन तयारी अवस्थामा रहेको र सरकारको निर्णय कुरिरहेको पौडेलले बताए ।

एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने आयोगले जनाएको छ । जेठ ५ गते स्थानीय तहको अवधि सकिँदै छ। त्यसको दुई महीनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 
 



नयाँ