arrow

उत्तर कोरियासँग शान्ति स्थापनाका लागि अन्तिम पहल गर्दै मून

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
korea-moon-kim.jpg

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले उत्तर कोरियासँगको कूटनीतिक सफलताका लागि पहल गर्ने बताएका छन् । सोमबार नयाँ वर्षको उपलक्ष्यमा सम्बोधनका क्रममा बोल्दै उनले दुई देश बीच शान्ति सम्झौताका लागि प्रयास जारी राख्ने बताएका हुन् ।

आउँदो अर्थात् सन् २०२२ को मेमा मुन जे इनको कार्यकाल सकिँदै छ । यद्यपि, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले भने शान्ति सम्झौताका लागि दक्षिणको आह्वानमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।

दुई देशबीच अहिले युद्धको अवस्था नभए पनि सन् १९५० देखि १९५३ सम्म चलेको युद्धपछि अहिलेसम्म पनि दक्षिण कोरिया र उत्तर कोरियाबीच औपचारिक शान्ति सम्झौता भएको छैन ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सोमबार भनेका छन्,'ूम दिगो शान्तिलाई संस्थागत गर्ने प्रयासहरू रोक्ने छैन, अन्तर कोरियाली सम्बन्धको सामान्यीकरण र शान्तिको अपरिवर्तनीय मार्गलाई सरकारले अन्त्यसम्म पछ्याउनेछ।'

यस्तै उनले शान्ति प्रक्रियाका लागि नयाँ आउने प्रशासनमा समेत प्रयास हुने विश्वास व्यक्त गरेका छन् । उनले अघि भने, 'अब आउने प्रशासनमा पनि वार्ताको प्रयास जारी रहने आसा राख्छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ