पश्चिम सेती र फाष्ट ट्रयाकमा प्रधानमन्त्रीको चासो छ : नेता महर
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
732
Shares
डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पश्चिम सेती आयोजना निर्माण र फाष्ट ट्रयाकको काम अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले सोमबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय योजना आयोगको टोलीमा सुदूर पश्चिम भ्रमणमा आएका नेता महरले,'प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाको निर्माण प्रक्रियालाई विशेष चासोका साथ हेर्नु भएको छ। हाम्रो टोली पुग्ने बित्तिकै पश्चिम सेती, फाष्ट ट्रयाकका कुरालाई अगाडि बढाउन जोड दिन्छौँ ।'
उनले थपे वीपीले विकास गर्नु छ भने सुरुमा झुपडीमा बसेका स्थानीयका घरमा पुगेर उनीहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास गर्नु पर्छ भन्ने कुरालाई मनन गर्दै प्रधानमन्त्रीज्यूले पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलको टोलीलाई सोही अनुरूप पठाएको बताए।
राष्ट्रिय योजना आयोगसँग कांग्रेसले सुदूरपश्चिमबाट थालेको देश विकासको खाका कोरेर जनतालाई आर्थिक रूपमा बलियो बनाउने अभियान ७७ वटै जिल्लामा लगिने उनले बताए। उनले जनताको भावना बुझ्नै कांग्रेसले सोहीअनुसार देशमा विकासको मोडेल तयार गर्ने बताए।