arrow
ADVERTISEMENT

कांग्रेस नेतृ कमला पन्तले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Kamala Panta.jpg

पोखरा । नेपाली कांग्रेसकी नेतृ कमला पन्तले राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । उनले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि उनले मङ्गलवार उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ । गोरखा गण्डकी गाउँपालिका वडा नं. २ च्याङ्लीकी पन्त पटक-पटक सांसद भएर काम गरेकी छन् । 

उनी दुई पटक कांग्रेसको केन्द्रीय सदस्य बनेकी थिइन् । तर उनी पार्टीको १४औं महाधिवेशनमा भने सह-महामन्त्रीमा पराजित भएकी थिइन् ।

उम्मेदवारी मनोनयनका लागि तयारी पूरा 

राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन मङ्गलवार हुँदै छ ।  बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गरिने र सबै तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । 

गण्डकीमा एक दलित, एक महिला र एक अन्य गरी ३ सिटमा निर्वाचन हुँदै छ ।  यसमा गण्डकी प्रदेशभित्रका पालिकाका प्रमुख र उपप्रमुख गरी १७० जना र प्रदेशसभा सदस्य ५९ जना मतदाता रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ