arrow

प्रधानमन्त्री देउवा धरानमा, एक भएर हिँड्न कार्यकर्तालाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
deuba-dharan.jpg

धरान । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । 

प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरका सबै कार्यकर्ताहरूको सहयोग आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले भने, “नेपाली कांग्रेसका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब कांग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’’ 

यस लगत्तै प्रम देउवाले धरान शहरको १२१औं वर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

यसअघि आजै प्रधानमन्त्री देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ