arrow

सरकारले पहिलो दिन नै स्थगित गर्‍यो कोरोना विरुद्धको तेस्रो डोज दिने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
ministry-of-health-1618304803.jpeg

काठमाडौं । नेपालमा जोखिमपूर्ण लक्षित समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको थप अथवा तेस्रो मात्रा दिने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थगित गरेको छ ।

मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल सबैलाई पूर्ण खोप उपलब्ध गराउन आवश्यक रहेको भन्दै थप अथवा तेस्रो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगित भएको जानकारी दिएको हो ।

मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्राद्वारा जारी विज्ञप्तिमा 'प्राविधिक विषयहरू छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने' उल्लेख छ ।

यसअघि मन्त्रालयले आज अर्थात् मंगलबारदेखि सुरु हुने गरी ६ वटा लक्षित समूह तोक्दै उनीहरूले खोपको थप मात्रा लगाउन सक्ने सूचना निकालेको थियो । तर मन्त्रालयले पहिलो दिनमा उक्त निर्णय स्थगित गरेको हो ।

यस्ताे छ मन्त्रालयद्वारा जारी विज्ञप्ति :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ