arrow
ADVERTISEMENT

नवजात शिशुसहित दुई मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
Tanahun_District.png

दमौली । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । 

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

उनको परिचय खुल्न सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ