arrow
ADVERTISEMENT

कवादी खोलामा नवजात शिशुको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
Deathbody tanahun.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ९ स्थित कवाडी खोलाको किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो मृत शिशु मृत भेटिएका हुन् । शिशुको देब्रेपट्टिको खुट्टा र पेटका केही भाग वन्यजन्तुले खाएको अवस्थामा भेटिएको हो ।

शिशु जंगली जनावरको शिकार भएको हुनसक्ने प्रहरीको अनुमान छ । शिशु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । 

प्रहरी टोलीले स्थलगत सर्जमिन गरेर शिशुको शव दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

शिशुको पहिचान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ