arrow

मनोनित केन्द्रीय सदस्यको मापदण्डप्रति डा.शेखरको प्रश्न, दुर्घटनामा पर्ने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
shekhar-koirala panel-meeting-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मनोनित केन्द्रीय सदस्यको मापदण्डप्रति प्रश्न उठाएका छन् । उनले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरेका हुन् ।

बुधबार काठमाडौंमा आफ्नो प्यानलबाट चुनाव लडेकाहरुको भेलालाई सम्वोधन गर्दै नेता कोइरालाले भने, ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो यो भने हामी जान्न चाहन्छौं ।’ 

डा। कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे । 

सो क्रममा उनले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् । 

अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी लगायतका नेताहरू सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ