arrow

शान्ति सेनाको टोली दक्षिण सुडान प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
nepal_army-us-mission.jpg

काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौं डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौँ डफ्फालाई बदली गर्न टोली त्यहाँ गएको हो ।

नेपाली सेना संयुक्त राष्ट्रसङ्घका विभिन्न स्थानमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । 

कोभिड–१९ संक्रमणका बीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ