arrow

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
cgnet-offer-4234244.jpg

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १ सय २० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन निःशुल्क इन्टरनेट पाउने छन् । 

त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउने छन् । सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । 

सीजी नेटले यसअघि काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफूहरु सक्षम रहेको जानकारी दिएको थियो । ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गति सहितको योजनाले शुरुआतबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ । 

नयाँ प्याकेज ल्याएपछि बजारमा माग ब्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ