arrow

सेनाको एकीकरण पदयात्रा शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
army-padyatra.JPG

काठमाडौं । तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७८ अन्तर्गत नेपाली सेनाको विविध कार्यक्रम जारी रहेको छ । जसअन्तर्गत नेपाल एकीकरणको समयमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा, धादिङ्ग, नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट शुभारम्भ भएको सेनाले जनाएको छ । 

नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना पाँच ओटा युनिटको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ नेपाली सेनाको श्री रिपुमर्दनी गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीले बुधबारदेखि पदयात्रा कार्यक्रम थालेको थियो ।  
 
गोरखाबाट शुरु गरेको पदयात्रा टोलीले धादिङ्ग जिल्लामा तैनाथ फौजलाई, धादिङ्ग जिल्लामा तैनाथ फौजले नुवाकोट जिल्लामा तैनाथ फौजलाई, नुवाकोट जिल्लामा तैनाथ फौजले नागार्जुनमा तैनाथ फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ नेपाली सेनाको फौजलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्ने योजना रहेको छ । 

साथै उक्त पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन जंगी अड्‍डामा आयोजना हुने विशेष समारोहकाबीच समापन गर्ने कार्यक्रम सेनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ