arrow

१३ घर चेपाङलाई न्यानो कपडा र खाद्यन्न वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
helping5.jpeg

काठमाडौं । चितवनको भण्डारा राप्ती नगरपालिका-सुन्दरवस्ती गैरीगाउँको खोला किनारामा रहेका १३ घर चेपाङलाई न्यानो कपडा र खाद्यन्न राहत स्वरुप वितरण गरिएको छ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको विश्वभर छरिएर रहेका मनकारी व्यक्तिहरुको संस्था हेल्पिङ ह्यान्ड्स युएनबीओले पुष २१ गते अति नै विपन्न १३ घर परिवारलाई चामल, दाल, नुन, तेल, बेसार, मसला, आलु, सोयाविन, चिउरा, दालमोट, आलु, चना, केराउ, नुहाउने लुगा धुने साबुन, स्याम्पु लगायतका दैनिक उपाभोग्य सामग्रीहरु वितरण गरिएको थियो ।

युवा समासेवी प्रदिप घिमिरेको अगुवाइमा त्यहाँ रहेका सुत्केरी, बालबालिका तथा बृद्ध बुबाआमाहरुलाई न्यानो कपडा, पोसिलो खानेकुरा साथै नगद वितरण गरिएको छ । चिसोबाट बच्न ब्ल्याङकेट, म्याट, डस्ना, त्रिपाल लगायतका सामग्रीहरु पनि वितरण गरिएको थियो ।


 



नयाँ