- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेसका केही जिल्लामा प्रदर्शन जारी राखेको छ ।
किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका हुन् । शुक्रबार पनि केही जिल्लामा प्रदर्शन गरिएको छ ।
शुक्रबारदेखि आइतबारसम्म हरेक पालिकामा किसान आन्दोलनको माग सम्बन्धी ध्यानाकर्षण पत्र दिने कार्यक्रम गरिएकोछ । जनमत पार्टीले किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने माग अघि सारेको छ ।
त्यस्तै समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सिंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।
आन्दोलनका क्रममा गाडीमा आगजनी र तोडफोड भइरहेको छ । प्रहरीको रबरको गोली लागेर करिब आधा दर्जन कार्यकर्ता घाइतेसमेत भएका छन् ।
तर अध्यक्ष डा.सीके राउतले आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको भए पनि प्रहरीले दमन गरेको आरोप लगाएका छन् । उनले प्रहरीको व्यापक दमन र दादागिरी घटनाले आन्दोलनको स्वरुप अलि नियन्त्रण बाहिर गई जनता प्रतिकारमा उत्रिएको प्रतिक्रिया दिएका छन् । डा.राउतले किसान ऐन पारित, किसान कार्ड, किसान पेन्सन र बालीनालीको स्वतः बीमा लगायतका ११ बुँदा माग राखेको पनि बताए ।