arrow

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिन शैक्षिक मेलाको आयोजना गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
Eplanet.png

काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एक्सक्लुसिभ्ली अष्ट्रेलिया इन्फरमेशन डे’हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको ई-प्लानेट(एजुकेशन प्लानेट) ले ‘अष्ट्रेलिया जानेहरुका लागि लक्षित गरी विषेश शैक्षिक जानकारीमुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

पौष २५ गते काठमाडौं स्थित आफ्नै संस्थाको केन्द्रीय कार्यलय बागबजार र २७ पौषमा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना हुने यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसंग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने छ ।

अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृती लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मेलामार्फत छात्रवृती सम्बन्धी जानकारी, आइएलटीएस प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्कलरसीप, ग्रेन्ट, करिअर स्कोपका साथै अष्ट्रेलियामा काम गर्न र छिटो-छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइनेछ ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्की ड्र मार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ