arrow

‘फिलिङ्गो : नारी सहनशीलता भित्र मौन विद्रोह’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
Philingo.jpg

पोखरा । आख्यानकार प्रभा बराल लिखित उपन्यास ‘फिलिङ्गो’ माथि पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार प्रस्तुत भएका थिए ।

नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सुरुभक्तले बरालललाई वर्तमान समयकी सिर्जनशील र नयाँ लेखकको रुपमा अथ्र्याए । उनले आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान बिधामा नारी हस्ताक्षरको कमि भैरहेको तितो अनुभव सुनाए ।

सरुभक्तले नेपाली साहित्यको पनि चर्चित विधा र पाठकहरुले पनि धेरै पढ्ने विधा आख्यान भएकोले धेरै लेखकहरुको आकर्षणमा आख्यान परेको स्पष्ट पारे ।

लामो धैर्य र गहिरो चिन्तनले मात्रै सफल हुन सक्ने भन्दै उनले हतार नगर्न सुझाव दिए । सरुभक्तले फिलिङ्गोलाई नारी सहनशीलता भित्रको मौन विद्रोह भएको टिप्पणी गरे ।

अग्रज पत्रकार बद्री विनोद ‘प्रतीक’ ले फिलिङ्गोमा लेखकको कथा बुन्ने शैली सरल भएकोले पाठकलाई बुझ्न सजिलो हुने बताए । समालोचक सञ्जीव पौड्यालले ‘फिलिङ्गो’ माथि समिक्षात्मक टिप्पणी गरे । पौडेलले नेपाली लेखकहरुको दाँजोमा उभिन सफल लेखकलाई भाषा गत थोरै टिप्पणी सँगै नेपाली उखान टुक्काको प्रयोगमा भने धेरै नै सुधार गर्नुपर्ने सुझाव दिए ।

उपन्यास भित्रका कतिपय प्लटमा पाठकको गला अवरुद्ध हुँदासमेत पाठकले समवेदना पोख्न नपाउने गरी लेखकले कथालाई मोडेर आफ्नै पोल्टामा पारेको आरोप लगाए । उपन्यासकार प्रभा बरालले पुरुष बिना पनि एक्लै केही गर्न सक्छौं भन्ने समाजमा सन्देश दिन खोजेको बताइन् । उनले फिलिङ्गो प्रतिकात्मक कथा भएको बताइन् । 

उनले महिलाले जहिले पनि सहनुपर्ने भन्ने जिज्ञासामा अहिलेको सभ्य समाजकी सभ्य महिलाले पूर्वाग्रह नराखी मौन विद्रोह गरेकी एउटा सशक्त महिलाको कथा हो, जहाँ ऊ सफल पनि भएकी छे । नबोलेर नै कहि गर्न सकिन्छ भने किन बोल्ने ? किन कसैलाई गालीगलौज गर्ने भनेर नै आफूले मौन विद्रोह रोजेको प्रष्ट पारिन् ।

अक्षर क्रियसन्सद्वारा २०७७ साल फागुनमा प्रकाशित फिलिङेगो उपन्यासले पाठकबाट प्रशस्त माया पाएको छ । मदन पुरस्कारबाट मनोनित भई उत्कृष्ट नौ सूचीमा पनि पर्न सफल भएको फिलिङ्गोले चितवन साहित्य परिषद्बाट २०७७ को चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार समेत प्राप्त गरी रु ५० हजार राशी प्राप्त गर्न सफल भएको छ ।

परिवारका अध्यक्ष मोती भुजेलको सभापतित्वमा भएको कार्यक्रममा सह-सचिव शिव त्रिपाठीले स्वागत र सञ्चालन साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ