arrow

कांग्रेस युवा नेता शिवाकोटी गृहजिल्लामा, झ्याकुमा पार्टी प्रवेश गराए, कर्मचारी अधिवेशन गरे उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
ajayababu-shiwakoti-dolakha-2022.jpg

दोलखा । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी गृहजिल्ला दोलखा पुगेका छन् । पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनी कांग्रेसी स्थानीय नेता तथा कार्यकर्ताको बधाई तथा सम्मान खान व्यस्त रहेका छन् । 

साथै उनी पार्टीको लक्ष्य अनुरुप विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनसमेत व्यस्त भएका छन् । शनिबार दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ र ४ झ्याकुको आयोजनामा भएको कार्यक्रममा उनी सहभागी भए । उनलाई सो कार्यक्रममा दोसल्ला ओढाई सम्मासमेत गरिएको थियो । 

उनले वडा नम्बर ३ कांग्रेस वडा कार्यसमिति कार्यालयको उद्घाटनसमेत गरे । उनले सोही कार्यक्रममा विभिन्न दल त्यागेका दुई दर्जनबढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । 

साथै उनले शनिबारै नेपाल निजामती कर्मचारी युनियन दोलखाको नवौं अधिवेशन उद्घाटनसमेत गरे । उक्त कार्यक्रममा सहभागी भएर टीकाबहादुर खत्री नेतृत्वमा निर्विरोध कार्यसमितिलाई प्रमाणपत्र वितरणसमेत गरेका छन् । 

उनले त्यहाँ निजामति सेवाबाट निवृत भएकाहरुलाई कदरपत्रसमेत प्रदान गरेका छन् । नेता शिवाकोटीलाई आइतबार उनको आफ्नै वडामा वडाकार्यसमितिले बधाईसहित सम्मान गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ