arrow

निजामती कर्मचारी युनियन गुल्मीको अध्यक्षमा पुनः पाण्डे 

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७८ पुष २५ आइतबार
meghlal-pandey-gulmi-karmachari-union.jpg

गुल्मी । नेपाल निजामती कर्मचारी युनियन गुल्मीको अध्यक्षमा पुनः मेघलाल पाण्डे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम तम्घासको बालमन्दिरमा भएको युनियनको आठौं जिल्ला अधिवेशनबाट पाण्डे पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

आठौं अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा खिमराज पोख्रेल, तेजेन्द्र थापा मगर र महिला उपाध्यक्षमा राधिका पाण्डे रहेका छन् । त्यस्तै गिरिजाप्रसाद श्रीस सचिव, डिलबहादुर थापा सहसचिव पदमा निर्वाचित भएका छन् । 

कोषाध्यक्ष पदमा माधवप्रसाद अर्याल निर्वाचित भएका हुन् । महिला सदस्यमा रमिला भण्डारी र मन्जु सुवेदी घिमिरे रहेका छन् । त्यस्तै सदस्यमा सुरेश खनाल, हुमनाथ पन्थ, चेतनारायण खनाल, भुवन पाण्डेय, कमल रेग्मी, पशुपति कंडेल क्षेत्री निर्वाचित भएका छन् । 

केन्द्रीय प्रतिनिधिमा मिना खनाल, पंकजकुमार ठाकुर, टोपलाल पाण्डे, सञ्जिव पन्थी र माधवप्रसाद पन्थी सर्वसम्मत निर्वाचित भएका निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । अहिले जिल्लामा ४ सय ८ जना नेपाल निजामती कर्मचारी युनियनमा क्रियाशील सदस्य रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ