arrow

पत्रकार बस्नेतको उपन्यास महाभारा सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
mahabhara-basanta-basnet.jpg

काठमाडौं । पत्रकार बसन्त बस्नेतको दोस्रो कृति सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनको औपन्यासिक कृति ‘महाभारा’ सार्वजनिक गरिएको हो । कृतिको बस्नेतकी छोरी अनुदिताले लोकार्पण गरिन् ।

उपेन्द्र सुब्बाका अनुसार युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै महाभारा हो । पुस्तकबारे टिप्पणी गर्दै उनले कार्यक्रममा भने, ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल)  हो ।’ कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवाद गरिन् । 

संवादमा थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन् ।

बस्नेतले लकडाउनका समयमा फुर्सद भएकाले पुस्तक तयार हुन सकेको बताए । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ