arrow

नारदको लीलामा परे राम- हनुमान, चलाए वाण 

राम भन्दा ठूलो रामको नाम

logo
नामको महिमा, 
प्रकाशित २०७८ पुष २६ सोमबार
narada-muni.jpg

काठमाडौं । लंकापति रावणको कुल संहार गरेर भगवान् लङ्काबाट अयोध्या आउनुभयो। गुरु वशिष्ठले वैदिक विधिबाट भगवान्को राज्याभिषेक गरे । केही समयपछि एक पटक रामचन्द्रले सबै ऋषि मुनिहरु एवं राजाहरूलाई आफ्नो राज-दरबारमा आमन्त्रित गर्नुभयो। निश्चित तिथिमा सबै आमन्त्रित सदस्य अयोध्या आउन थाले ।

काशी नरेश राजा स्वस्तिक पनि राम-दरबारमा सहभागी हुन काशीबाट आइरहेका थिए । बाटोमा उनको भेट नारद मुनिसँग भयो । नारदलाई स्वस्तिकले प्रणाम गरे। नारदजीले पनि उनलाई आशीर्वाद दिए। नारदले सोधेपछि नारद जस्तै स्वस्तिक पनि भगवान् रामको दरबारमा जाँदै गरेको बुझे । नारदजी नामको प्रतापलाई जान्ने थिए; तर भगवान् रामका गुरु विश्वामित्र नामलाई त्यति महत्त्व दिँदैन थिए । उनी रामको शरीरलाई नै अधिक महत्त्व दिन्थे । कयौँ पटक नारद र विश्वामित्रबिच यस कुरालाई लिएर विवाद हुन्थ्यो ।

नारद रामभन्दा नामलाई श्रेष्ठ बताउँथे र विश्वामित्र रामलाई नामभन्दा श्रेष्ठ बताउँथे। नामको प्रभावलाई बुझाउने सुनौलो अवसर आएको जानेर, नारदले स्वस्तिकसँग भने -राजन ! जब तपाई राम-दरबारमा पुग्नुहुनेछ तब सबलाई यथा योग्य आदर-सत्कार गर्नुहोस्, तर रामका गुरु विश्वामित्रलाई अभिवादन नगर्नुहोला।

स्वस्तिकले भने -महाराज ! उहाँ त महा क्रोधी ऋषि हुनुहुन्छ, यदि मैले उहाँलाई प्रणाम गरिन भने उहाँले मलाई श्रापबाट दग्ध गर्नुहुनेछ । नारदजीले भने -तपाई चिन्ता नगर्नुहोस् मसँग अमृत सञ्जीवनी औषधि (अमृत नाम) छ, म त्यसबाट तपाईँको रक्षा गर्नेछु । निश्चिन्त भएर तपाई त्यसै गर्नुहोला जसो मैले बताएको छु । 

स्वस्तिक रामको दरबारमा पुगे र सबैलाई सम्मानपूर्वक सम्मान गरे तर विश्वामित्रलाई अभिवादन गरेनन्। विश्वामित्र मुनिको मनमा यस घटनालाई देखेर कुनै क्रोध उत्पन्न भएन । तब नारदले विश्वामित्रको क्रोधाग्नि भड्काउनको लागि भने -महर्षि, तपाई रामका गुरु हुनुहुन्छ, तर काशी नरेश स्वस्तिकले तपाईँको चरणलाई पुरै बैठकमा छोएनन्। यो भन्दा बढी अपमान के हुन सक्छ? तपाईँले राजालाई उचित सजाय दिनुपर्छ।

विश्वामित्रले भने-मुनिराज ! यो मेरो होइन रामको गुरुको अपमान हो। राम जसो उचित सम्झन्छन् त्यसै गरुन् । नारद त्यहाँबाट राम भएको ठाउँमा पुगे । नारदले रामसँग भने -महाराज! यस समारोहको आयोजन के तपाईँले आफ्नो गुरु-अपमान को लागि गर्नुभएको हो ? रामले केही सोध्नु अघि नारदले थपे -काशीका राजा स्वस्तिकले तपाईँको गुरुको घोर अपमान गरे । गुरु अपमानको कुरा सुनेर, भगवान् रामको क्रोध बढ्यो र उहाँले नारद मुनिको अघि प्रतिज्ञा गर्दै भन्नुभयो -मुनि श्रेष्ठ! जसले मेरो गुरुको अनादर गरेको छ, उसले उचित फल पाउनेछ। भोलि सूर्यास्त हुनुभन्दा पहिले मेरो तीक्ष्ण बाणले स्वस्तिकको सिरलाई शरीरबाट अलग गर्नेछ ।

रामको कुरा सुनेर नारदमुनि स्वस्तिक भएको ठाउँमा पुगे। रामको प्रतिज्ञा सुनेर भयभीत भएर उनले नारदसँग भने -मुनिराज, तपाईँले त मलाई नराम्रोसँग फसाउनुभयो । जब राम नै मलाई मार्न तयार हुनुहुन्छ भने केले मलाई बचाउनेछ।

नारदजीले भने -राजन ! तपाई शीघ्र हनुमानको आमा अन्जनी भएको ठाउँमा गएर उहाँलाई प्रणाम गर्नुहोस्, जब उहाँले तपाईँलाई चिरञ्जीवी हुने आशीर्वाद दिनुहुनेछ, तब तपाई उहाँलाई भन्नुहोला - माता तपाई आफ्नो वचनलाई पालना गर्नुहोस्। कतै तपाईँको आशीष श्रापमा नबदलियोस् ?

जब अन्जनाले तपाईँसँग सोध्नुहुनेछ, यो कसरी ? तब तपाई रामको प्रतिज्ञाबारे बताउनु। तब निःसन्देह हनुमानको आमाले आफ्नो वचनको पालना गर्न कुनै युक्तिबाट तपाईँलाई बचाउनुहुनेछ ।

स्वस्तिक राम-दरबारबाट भागेर माता अन्जनी भएको ठाउँमा पुग्छन् र उनले अन्जनीलाई प्रणाम गर्छन् । अन्जनी माताले स्वस्तिकलाई चिरञ्जीवी हुने आशीर्वाद दिइन् । तब स्वस्तिकले नारदले सुनाएको युक्ति अपनाउँदै अन्जनीसँग भने -आमा, तपाई आफ्नो वचनको पालना गर्नुहोस् । तपाईँले त मलाई चिरायु हुने आशीष दिनुभएको छ, तर रामजीले भोलि सूर्यास्त हुने वेलासम्ममा मलाई मार्ने प्रतिज्ञा लिनुभएको छ, अब जब राम नै मलाई मार्ने वाला हुनुहुन्छ तब तपाईँको आशीर्वादको के हुनेछ ? अन्जनी आमा पहिले केही चिन्तित भइन् तर नामको प्रभावलाई हृदयमा धारण गरेर, उनले हनुमानको याद गरिन्।

हनुमानजी तत्काल आएर मातालाई प्रणाम गरे तथा हात जोडेर निवेदन गरे कि आमा तपाईँको के सेवा गरूँ, तपाईँले मलाई किन याद गर्नुभयो ?

आमाले भनिन् -छोरा, पहिले वचन देऊ कि तिमि मेरो आज्ञाको पालना गर्नेछौ, तब म तिमिलाई सबै बताउनेछु ।

हनुमानले विस्मित भएर भने -आमा, कहिले मैले तपाईँको आज्ञाको अवहेलना गरेको छु जुन तपाई आज यस प्रकार अविश्वासको वचन बोलिरहनुभएको छ ?

आमाले भनिन् - छोरा, तिमिले मेरो सधैँ आज्ञाको पालना गरेका छौ, तर आज पहिले म तिमिबाट वचन चाहन्छु । हनुमानले वचन दिए, तब माताले भनिन् -हनुमान, मैले काशी नरेश स्वस्तिकलाई चिरञ्जीवी हुने आशीष दिएको छु, तर तिम्रो स्वामी रामले भोलि सूर्यास्तसम्ममा उसलाई मार्ने प्रतिज्ञा गर्नुभएको छ। छोरा, यस्तो विषम स्थितिमा तिमि मेरो आज्ञाबाट यी सबैबाट स्वस्तिकको रक्षा गर, यो मेरो मेरो आज्ञा हो । आमाको आज्ञा सुनेर पहिले त हनुमान असमञ्जसमा परे ।


तब आमाले भनिन् -छोरा तिमि दुबिधामा किन पर्‍यौ ? तिम्रो स्वामीले पनि आफ्नो आमाको आज्ञा पालन गरे र चौध वर्षको वनवासलाई स्वीकार गरे। आमाको कुरा सुनेर हनुमान प्रसन्न भए-आमा, म अवश्य नै तपाईँको कृपाबाट काशी नरेशको रक्षा गर्नेछु, तपाई चिन्ता नगर्नुहोस्।

स्वस्तिकलाई भयभीत देखेर हनुमानजीले भने-राजन, तपाई भयभीत नहुनुहोस् । कुटिको भित्र बसेर तपाई भगवान्को त्यस पतित पावन व्यापक नामको सुमिरण गर्नुहोस्; जो सबै प्राणीहरूको प्राणमा समाएको छ । स्वस्तिक कुटिमा बसेर नाम सुमिरण गर्न थाले । हनुमान पनि विशाल रूप धारण गरेर कुटिको द्वार रोकेर नामको सुमिरणमा तल्लीन भए ।

यता प्रतिज्ञा गरेका राम स्वस्तिकको खोज गर्न थाल्नुभयो । पुरै दिन अयोध्या नगरमा खोज भयो, तर स्वस्तिकको पत्ता लागेन। अर्को दिन स्वस्तिकको खोज गर्दै राम हातमा धनुष बाण लिएर माता अन्जनीको कुटिमा पुग्नुभयो। उहाँले देख्नुभयो हनुमान कुटिको द्वारमा बाटो रोकेर नाम सुमिरणमा बसेका छन् र स्वस्तिक भित्र बसेका छन् ।

भगवान् रामले हनुमानलाई सम्बोधन गर्दै भन्नुभयो, ' हनुमान, तिमि बाटोबाट हट, म गुरु द्रोही स्वस्तिकको सिर आफ्नो तीक्ष्ण बाणबाट काटेर गिराउनेछु किनभने यसले मेरो गुरुको सभामा अपमान गरेको छ।'

हनुमानजीले भने -भगवान्, तपाई खुसीले आफ्नो प्रतिज्ञा पुरा गर्नुहोस्, म कुनै बाधा डालिइरहेको छैन । म त तपाई नामको स्मरण गरिरहेको छु ।

भगवान्ले भन्नुभयो, म बाण कसरी चलाऊ, द्वार रोकेर तिमि बसेका छौ र भित्र मेरो शत्रु बसेको छ । यस कारण बाटोबाट हटेर बस । जब रामले पटक पटक भनेपछि पनि हनुमान हटेनन्।

भगवान्ले एकत्रित समुदायको सामुन्ने भन्नुभयो - मलाई कुनै दोष नदिनु यस कारण मैले हनुमानलाई पटक पटक द्वारबाट हट्नको लागि भने । आफ्नो प्रतिज्ञा पालन गर्नु आवश्यक छ ।

हनुमानजी बोले, प्रभु पहिले तपाईँको बाणले हनुमानको संहार गर्नेछ तब स्वस्तिकको शिर छेदन गर्न सक्नुहुनेछ। मैले पनि प्रतिज्ञा गरेको छु कि मैले स्वस्तिकको रक्षा गर्नुपर्नेछ । मसँग अरू कुनै बल छैन, मात्र तपाईँको नामको बल र भरोसा छ। तपाई आफ्नो प्रतिज्ञालाई शीघ्र पालना गर्नुहोस्।

भगवान् राम आफ्नो तरकसबाट बाण निकालेर हनुमानमाथि चलाउन थाल्नुभयो । तर श्रीरामको तीक्ष्ण बाण हनुमानको शरीरलाई स्पर्श गरेर खण्ड-खण्ड हुँदै धर्तीमा झर्न थाल्यो । हनुमानलाई कुनै चोट लागेन ।

तरकसका सबै बाण खाली भए तर नामको प्रतापबाट हनुमानलाई केही भएन । जुन बाण अरूले त्रिशिरा, खर-दूषण, रावण र कुम्भकर्ण राक्षसहरूको संहार गर्नुभयो ती सबै सखरखण्ड जस्ता भाँचिएर समाप्त भए। त्यहाँ उपस्थित सबै दर्शकहरूलाई पनि आश्चर्य लागि रहेको थियो । तब श्रीरामचन्द्रजीले महाकाल जस्तै प्रलयंकर बाण आफ्नो धनुषमा चढाउनुभयो ।

श्रीरामचन्द्रजीले यस्तो गरेको देखेर नजिकै रहेका नारदजीले विश्वामित्रसँग भने -मुनि श्रेष्ठ, रामले जुन बाणलाई चलाउने निश्चय गर्नुभएको छ त्यसबाट समस्त संसारमा महाविनाश छाउनेछ र पृथ्वीको समस्त जीव प्रलयकारी अग्निमा दग्ध हुनेछन् । यस महाविनाशको पाप तपाईँलाई नै लाग्नेछ; किनकि भगवान् रामले तपाईँको लागि यो भीषण कार्य गर्न गइरहनुभएको छ । यस प्रलयकारी बाणबाट हनुमान र स्वस्तिकको कुने नोक्सान हुनेछैन, किनभने उनीहरू भगवान्को नामको सुमिरणमा तल्लीन छन्। तपाई श्रीरामलाई भन्नुहोस् संसारलाई यस महाविनाशबाट बचाउनुहोस् । तब विश्वामित्र मुनिले श्रीरामचन्द्र जीसँग भने -राम ! मेरो आज्ञा छ कि तिमि आफ्नो धनुषमा नसाधी बाणलाई तरकसमा फिर्ता गर ।

गुरु आज्ञाबाट भगवान् रामले त्यस बाणलाई धनुषमा राख्नुभयो । तबसम्म सूर्यास्त भइसकेको थियो । तब नारद मुनिले हाँस्दै भने -मुनिराज ! यो जुन सबै कार्य भए यसमा भगवान्को नै अन्तः प्रेरणा थियो । संसारका मानिसहरू यो बुझुन् कि नामको कस्तो अद्भुत महिमा छ। तपाईँले देख्नुभयो यहाँ मर्यादा पुरुषोत्तम श्रीरामजी आफ्नो सबै प्रयत्नपछि पनि हनुमान र स्वस्तिकलाई मार्न सक्नुभएन ।

यो भगवान्को नामको प्रभाव हो । रामको नाम रामभन्दा पनि श्रेष्ठ र विशाल छ । नारदको वाणी सुनेर राम मुस्कुराएर हाँस्नुभयो । तब विश्वामित्रले पनि बुझे कि म जस्तालाई नामको प्रभाव सम्झाउनको लागि भगवान्ले यो घटनाको रचना गर्नुभयो । यस कारण नाम महिमाको लोक प्रसिद्ध छ- "सुमिरि पवन सुत पावन नामू । अपने बस करि राखेउ राम्।।" यस कारण तत्त्वज्ञानिहरुले पनि भने -"राम भन्दा ठूलो रामको नाम'



नयाँ