arrow

त्रिभुवन विमानस्थलमा कडाइ : भिजिटर पास बन्द, स्वागत र बिदाइ गर्न नआउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
tia-international-airport.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै विमानस्थलमा स्वागत तथा बिदाईका लागि पनि नआउनसमेत नागरिक उड्यन प्राधिकरणले आग्रह गरेको छ ।

विज्ञप्ती जारी गर्दै त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले यस्तो निर्देशन दिएको हो । अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास अर्थात् भी पास उपलब्ध नगराइने उड्यन कार्यालयले जानकारी दिएको छ । 

यस्तै अति जरुरी बाहेक विमानस्थलमा स्वागत तथा बिदाइका लागि पनि नआउन कार्यालयले निर्देशन दिएको छ। भीडभाड नगर्न र अन्य यात्रुहरुलाई समेत पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

यस्तो छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ