arrow

दलहरुबीच सहमति नभई एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ पुष २७ मंगलबार
angdembe.PNG

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले दलहरुबीच सहमति भएपछि मात्र एमसीसी पास हुने बताएका छन् । 

पाँचथर प्रेस युनियन पाँचथरले मङ्गलवार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले दलहरूबीचमा सहमति नभईकन एमसीसी पास नहुने बताएका हुन् ।    

उनले हिजो  सत्तामा भएकाहरूले सत्तामा हुँदा र सत्तामा नहुँदा  दिएका एमसीसी प्रतिको  फरक फरक अभिव्यक्तिले जनतामा एमसीसी प्रति भ्रम सृजना भएको बताए ।

पार्टी भित्र विसङ्गतिहरू रहेको बताउँदै उनले त्यसलाई माथि केन्द्र देखि नै शुद्धीकरण गर्ने अभियान चलाइने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै आङदेम्बेले संसद अवरुद्ध बारे बोल्दै आङ्देम्बेले  विपक्षीले संसद अवरुद्ध गर्दा पनि  वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

उनले ‘संसद अवरुद्ध गर्ने अनि भत्ता चैँ खाइ रहने प्रवृत्ति'ले मुलुकलाई थप अन्योलतामा लगेको आङ्देम्बेको ठहर थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ