arrow

प्रधानसेनापति शर्मा उपचार गरी स्वेदश फिर्ता  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
Prabhuram-sharma-army-chief.jpg

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् । उनी भारतमा उपचार गरी स्वदेश फर्केका हुन् । उनी गत पुस १८ गते भारत गएका थिए । 

मन्त्रिपरिषद्को निर्णय बमोजिम उनी १३ दिन बिदामा रहेका थिए । सोही क्रममा उनी पुस १८ मा गएर आज फर्केका हुन् । फर्के लगत्तै उनले कार्यभारसमेत सम्हालेका छन् । 

यसअघि अस्वस्थ्यताका कारण उनले तीन पटक महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता जनाएका थिएनन् । उनले पुस ३० गतेसम्म बिदा लिएको भए पनि तीन दिन अगावै कार्यभार सम्हालेका हुन् । 

उनी बिदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणको लागि भारत गएका थिए । उनको स्वास्थ्यबारे भने गोप्य राखिएको छ । शर्मा तीन वर्षका लागि गत भदौ २४ गते प्रधानसेनापति नियुक्त भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ