arrow

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड बराबरको क्षति

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७८ पुष २७ मंगलबार
271550198_4900572573329218_4381575910994478342_n.jpg

जनकपुरधाम । धनुषामा प्लास्टिक उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । धनुषाको लक्ष्मीनिँया गाउँपालिका वडा नम्बर ७ भगवतीपुरस्थित नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा  १० करोड  बराबरको क्षति भएको प्रहरीले स्रोतले बताएको छ । 

उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

आगलागीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिए पनि प्लास्टिकजन्य सामान भएको कारण क्षतिबाट रोक्न नसकिएको  प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ