arrow

कोरोना भएका बेला आइसोलेसनमा नबसेको स्वीकारे जोकोभिचले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
novak-djokovic.jpg

काठमाडौं । विश्वका एक नम्बर टेनिस स्टार नोभाक जोकोभिचले कोरोना भाइरसको सङ्क्रमण कोभिड-१९ पोजेटिभ भएपछि पनि आफूलाई आइसोलेसनमा नराखेको स्वीकारेका छन् ।

बुधबार सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सर्वियन टेनिस प्लेयर जाकोभिचले डिसेम्बर १६ मा सङ्क्रमण पुष्टि भएको दुई दिनपछि एक पत्रकारलाई अन्तर्वार्ताका लागि भेटेको स्वीकारेका हुन् ।

जाकोभिच यसअघि कोरोना भाइरसविरुद्धको खोप अस्वीकार गर्दै आएका थिए । केही दिनअघि अष्ट्रेलिया ओपन खेल्नका मेलबर्न विमानस्थलमा उत्रेपछि कोरोना नियम तोडेको भन्दै उनको भिसा रद्द गर्दै फिर्ता पठाउनका लागि हिरासत होटेलमा राखिएको थियो ।

तर, आफूले अष्ट्रेलिया छिर्न खोप छुट प्राप्त गरेको भन्दै उनले अदालतमा निवेदन हालेका थिए । अदालतले उनको पक्षमा निर्णय गर्दै भिसा कायम राखेको थियो । तर, पनि अष्ट्रेलियाली सरकारले भने अर्को कदम चालिसकेको छैन । अदालतको फैसलापछि पनि अध्यागमन मन्त्रीले जाकोभिचको खेल सुरु हुनुअघि उनको भिसा रद्द गर्न सक्छन् ।

सङ्क्रमण पुष्टि भइसकेपछि पनि एक पत्रकारलाई अन्तर्वार्ता दिनुका साथै उनले फोटो सुट समेत गरेका थिए । तर, उनले आफूले सामाजिक दुरी कायम राखेको फोटो खिच्नु बाहेकका अवस्थामा मास्क लगाएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, 'म स्वीकार गर्दछु कि मैले पुन: तालिका बनाउनुपर्थ्यो, मैले पत्रकारलाई निराश पार्न नचाहेकोले अन्तर्वार्ता दिन बाध्य भएको महसुस गरेँ । मैले सामाजिक रूपमा दूरी राखेँ र फोटो खिचिएको बेला बाहेक मास्क लगाएको थिएँ,' उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ