arrow

खोप विरोधी जोकोभिचलाई भिसा दिन न्यायाधीशको अष्ट्रेलिया सरकारलाई आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
novak-djokovic.jpg

काठमाडौं । विश्वक नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गर्ने अष्ट्रेलियाली सरकारको निर्णय न्यायाधीशले उल्ट्याइदिएका छन् । अष्ट्रेलियन ओपन खेल्न गत साता मेलबर्न विमानस्थलमा उत्रेका जाकोभिचलाई कोरोना सम्बन्धी नियम पालना नगरेको भन्दै त्यहाँबाटै सरकारी हिरासत होटेलमा लगिएको थियो ।

त्यसपछि जोकोभिचले अष्ट्रेलियाली सरकारको निर्णयविरुद्ध अदालतमा निवेदन हालेका थिए । सोहीमाथि सोमबार न्यायाधीश एन्थोनी केलीले जोकोभिकलाई ३० मिनेट भित्र रिहा गर्न र उनको राहदानी र अन्य यात्रा कागजातहरू उनलाई फिर्ता गर्न आदेश दिएका हुन् । 

टेनिस स्टारले अष्ट्रेलियामा आफ्नो आगमनअघि यात्रा प्रतिबन्धहरूमा आवश्यक छुट प्राप्त गरेको न्यायाधीश केलीको भनाइ थियो ।

तर, अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा अझैं रद्द गर्न सक्ने अधिकार राख्छन् । 

जोकोभिच कोरोना विरुद्धको खोपका विरोधी हुन् । सारा संसारले खोप लगाउँदा यी स्टारले भने खोप लगाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ