- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने आठौ महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ ।
महाधिवेशन अन्तरगत सम्पुर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागिय अधिवेशनहरु सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ ।
कोरोना महामारी ह्वातै बढेको अवस्थामा युनियनको महाधिवेशनमाथि प्रश्न उठिरहेका बेलामा युनियनको बर्तमान नेतृत्व सरकारसंग अनुमति लिएर स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर आफ्नो आठौं महाधिवेशन गर्न लागेको हो ।
युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागि युनियनकर्मीलाई कसरी सुरक्षित रुपमा महाधिवेशनमा सहभागि गराउने भन्ने विषयमा छललफल भइरहेको बताए । उनले सरकारसंग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने स्पष्ट पारे ।
कोरोनाको संक्रमण बढेपछि सरकारले आउँदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दैछ । त्यस्तै माघ ७ गते इन्जिनियर्स एसोशियनको पनि महाधिवेशनका लागि मतदान हुँदैछ । लामो समय रोकिएको इन्जिनियर्स एसोशियन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ । त्यस्तै एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको समेत महाधिवेशन माघको १४ गतेदेखि १६ गतेसम्म हुँदैछ ।
निजामति कर्मचारी युनियनको महाधिवेशन माघमा तोकिएकै समयमा गर्नैपर्ने बाध्यता भएकाले कुनैपनि हालतमा नरोकिने बताइएको छ । युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर यही मितिमा महाधिवेशन गर्ने तयारी गरिएको हो ।
अहिले लकडाउनकै अवस्था नभएको र पछाडि अझ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा लकडाउन भएमा युनियनको बैधानिकता माथि प्रश्न उठ्ने भएकाले पनि युनियनको बर्तमान नेतृत्व समयमा नै महाधिवेशन गराउन लागेको उपमहासचिव फुयाँलले जानकारी दिए ।