- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । भारी हिमपातपछि गोरखाको एक विद्यालयको भवन भत्किएको छ ।
चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारस्थित बुद्ध आधारभूत विद्यालयको भवन भारी हिमपातका कारण भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले जानकारी दिए ।
पाँच कोठे छात्रावास भवनको छानामाथि चार फिट भन्दा बाक्लो हिउँ जमेको र भार धान्न नसकेर भवनको छानो भत्किएको उनले बताए ।
उनका अनुसार भवन भत्किएपछि छात्रावासमा रहेका विभिन्न सामाग्रीहरूमा क्षति पुगेको छ ।
हिमपातपछि विद्यालयमा जाडो बिदा गरिएकाले मानवीय क्षति भने हुन नपाएको विद्यालयले प्रअ लामाले जानकारी दिए ।
छात्रावास भवनमा ३० जना भन्दा धेरै विद्यार्थी बस्ने गर्दथे । हिमपात भएपछि विद्यालय बन्द गरिएको छ ।
होस्टेल पनि बन्द गरिएको र ओढ्ने, ओछ्याउने कपडाहरू, किताबहरू भने विद्यालयका अफिस कोठामा राखिएका कारण सुरक्षित छ । तर खाट र फर्निचरहरूमा क्षति पुगेको उनले बताए ।
उक्त भवन भूकम्पपछि एक गैरसरकारी संस्थाको सहयोगमा निर्माण भएको थियो ।