arrow

लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
devghat.jpg

चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको छ । 

गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।
 
यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसंक्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिए पनि बाहिरबाट भक्तजनलाई आउन भने रोक लगाइएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण कल्पबासमा बस्ने वृद्धवृद्धा र देवघाटका बासिन्दाबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको हो । 

प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले आज दिउँसो २ बजेबाट शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेशमा रोक लगाइएको बताउनुभयो । देवघाट प्रवेश गर्ने नाका शिल गरिँदै छ । गत वर्षहरुमा संक्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।
 
आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ