- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली काँग्रेसका नेता रामचन्द्र अधिकारी भूमि आयोग तनहुँको अध्यक्षमा नियुक्त भएका छन् । सरकारले २८ वटा जिल्लाका आयोगमा अध्यक्षहरु नियुक्त गर्नेक्रममा अधिकारी पनि नियुक्त भएका हुन् ।
पुस २९ गते बसेको मन्त्री परिषद् बैठकले आयोगको जिल्लामा अध्यक्षहरु नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को यो निर्णय सार्वजनिक तथा राजपत्रमा पनि प्रकाशित गरिएको छैन ।
आयोग बनाइएको लामो समयपछि जिल्ला अध्यक्षहरु नियुक्त भएका हुन् ।