arrow

निकुञ्ज मुख्यालय नजिकै ध्रुवे हात्तीको आक्रमणबाट सेनाको मृत्यु

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ २ आइतबार
chitwan nikunja.PNG

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै ध्रुवे हात्तीले आक्रमण गर्दा एक सैनिकको मृत्यु भएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको ध्रुवे पोस्ट नजिकै गस्तीमा हिँडिरहेको बेला ध्रुवे हात्तीले ढाडमा कुल्चिदा गम्भीर घाइते भएका थापाको निधन भएको छ ।

हात्तीले ढाडमा कुल्चिएर गम्भीर घाइतेको उपचारको लागि भरतपुर तर्फ ल्याउँदै गर्दा बाटोमा ज्यान गएको तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ