arrow

ओमिक्रोन फैलिएपछि बाँकेमा कोरोनाबाट पहिलो मृत्यु, नरैनापुर गाउँपालिका बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
bheri-hospital.jpg

नेपालगन्ज । मङ्सिर २६ पछि बाँकेमा कोभिड-१९ सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ ।  जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ४१ वर्षीया जगमति चौधरीको भेरी अस्पतालमा आज दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको छ । ओमिक्रोन फलिएपछि बाँकेमा यो पहिलो मृत्यु हो ।

पुस ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पुष्टि भएकी उनी त्यसै दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनले कोभिड विरुद्धको खोप नलगाएको वलीले बताए ।  यसैबीच बाँकेमा थप ५८ जनामा कोभिड पुष्टि भएको छ । यहाँका ३ वटा ल्याबमा कोभिड परीक्षण गर्दा बाँकेका ४६ जनामा कोरोना पुष्टि भएको वलीले बताए ।

नरैनापुर गाउँपालिका बन्द
नरैनापुर गाउँपालिका माघ ८ गतेसम्म बन्द भएको छ ।  गाउँपालिका कार्यालयमा  कार्यरत केही कर्मचारीहरूमा कोरोना देखिएपछि भोलिदेखि माघ ८ गतेसम्म सम्पूर्ण कामकाज बन्द रहने गाउँपालिकाले जनाएको छ । 

अध्यक्ष इश्तियाक अहमद शाहद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य सेवा बाहेक सबै बन्द गरिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ