arrow

१९ सय सात दिनपछि कोहली बिना कप्तानी एक दिवसीय खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
virat-kohli3.jpg

काठमाडौं । भारतीय क्रिकेट खेलाडी विराट कोहलीले १९ सय सात दिनपछि पहिलो पटक कप्तानी बिना खेलाडीका रुपमा मात्रै एक दिवसीय क्रिकेट खेल्दैछन् । उनले तीन वटै फर्मेटका क्रिकेट कप्तानी छाडेका छन् । आफू कप्तान भएपछि पहिलो पटक उनी बिना कप्तान खेल्दैछन् । 

दक्षिण अफ्रिकाविरुद्धका तीनमध्ये पहिलो खेल आजदेखि हुँदैछ । कोहलीले एक दिवसीयमा २५४ खेल खेलेका छन् । जसमा उनले १२ हजार १६९ रन बनाएका छन् । उनको उच्च योगफल १८३ रन हो । उनको एभरेज ५९.०७ हो । 

अब बिना कप्तान खेलाडीका रुपमा उनको खेलको प्रतिक्षा विश्वले गरिरहेको छ । उनले अहिलेसम्म एकदिवसीयमा ४३ वटा शतक र ६२ वटा अर्धशतक बनाएका छन् । 

उनले ९९ टेष्टमा ७ हजार ९६२ रन बनाएका छन् । जसमा २७ शतक सामेल छन् । त्यस्तै टी–२० मा ९५ खेलमा ३ हजार २२७ रन बनाएका छन् । जसमा २९ अर्धशतक रहेको छ । 

भारत–दक्षिण अफ्रिका पहिलो खेल
पहिलो खेल आज दिउँसो २ः१५ बजे शुरु हुँदैछ । खेल पार्लमा हुँदैछ । भारतका लागि पहिलो पटक लोकेश राहुलले कप्तानी सम्हाल्दैछन् । 

अहिलेसम्म आपसमा ८४ खेल भएकामा भारतले ३५ तथा दक्षिण अफ्रिकाले ४६ खेल जितेको छ । तीन खेल नतिजाविहीन भएको थियो । 

यो खेलमार्फत भारतीय खेलाडी वैकटेश अथ्यरले डेब्यु गर्ने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ