arrow

भारत र दक्षिण अफ्रिका क्रिकेटः लोकेश र वैंकटेशको डेब्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
FJc1ORUacAAue0c.jpg

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो एक दिवसीय क्रिकेट दक्षिण अफ्रिकाको पार्लमा भइरहेको छ । टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरिरहेको छ । यो खेलमा लामो समय भारतीय टिमको कप्तानी गरेका विराट कोहली खेलाडीका रुपमा मात्र खेलिरहेका छन् । 

एक दिवसीयमा लोकेश राहुले कप्तानी सम्हालेका छन् । उनको यो डेब्यु कप्तानी हो । योसँगै एक दिवसीयमा उनी २६ औं भारतीय क्रिकेट कप्तान बनेका छन् । 

योखेलबाट वैंकटेश अथ्यरले डेब्यु गरेका छन् । त्यस्तै रविचन्द्रन आश्विन पाँच वर्षपछि पहिलो पटक एक दिवसीयमा फर्केका छन् । उनले अन्तिम एक दिवसीय सन् २०१७ मा खेलेका थिए । 

दक्षिण अफ्रिकाबाट एक दिवसीयमा मार्को येन्सनले डेब्यु गरेका छन् । सन् २०१६ मा न्यूजिल्याण्डविरुद्ध खेलाडीका रुपमा मात्र खेलेका कोहलीले त्यसयता कप्तानका रुपमा एक दिवसीय खेलेका थिए । 

भारत र दक्षिण अफ्रिकाबीच ८४ एक दिवसीय भएकामा भारतले ३५ तथा दक्षिण अफ्रिकाले ४६ खेले जितेको छ । तीन खेल अनिर्णित भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ