arrow

काठमाडौंमा मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
corona-mask.JPG

काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्नेहरूलाई कारबाही गरेको हो । 

सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ