arrow

कोहलीले तोडे तेन्दुलकरको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
virat-kolhi.jpeg
तस्बिर– फाइल

काठमाडौं । भारतीय क्रिकेट खेलाडी विराट कोहलीले विश्वकै सर्वाधिक कीर्तिमान बनाउन सफल ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा रेकर्ड तोडेका छन् । उनले दक्षिण अफ्रिका विरुद्धको पहिलो खेलमा अर्धशतक बनाएसँगै विपक्षी टिमको घरमा सबैभन्दा धेरै रन बनाएको कीर्तिमान तोडेका हुन् । 

सचिनले एक दिवसीयमा ५ हजार ६५ रन बनाएका थिए । उनले दक्षिण अफ्रिकाविरुद्ध ९ रन बनाएपछि उक्त रेकर्ड तोडेका हुन् । कोहलीले पार्लमा भएको खेलमा ५१ रन बनाए । 

यो खेलमा भने भारतले कमजोर खेलेको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २९६ रन बनायो । 

जवाफमा कोहलीको ५१ तथा शिखर धवनको ७९ रन बाहेक अन्य ब्याट्सम्यानले खेल्न नसक्दा भारत निरीह देखियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ