arrow

ठाकुरको अर्धशतक खेर, दक्षिण अफ्रिकासँग हार्‍यो भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
FJerspbaQAELsI4.jpg

काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । पार्लमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । उनले मात्र ४३ बलको सामना गरेका थिए । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 

यता, कोहलीले विश्वकै सर्वाधिक कीर्तिमान बनाउन सफल ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा रेकर्ड तोडेका छन् । उनले दक्षिण अफ्रिका विरुद्धको पहिलो खेलमा अर्धशतक बनाएसँगै विपक्षी टिमको घरमा सबैभन्दा धेरै रन बनाएको कीर्तिमान तोडेका हुन् । 

सचिनले एक दिवसीयमा ५ हजार ६५ रन बनाएका थिए । उनले दक्षिण अफ्रिकाविरुद्ध ९ रन बनाएपछि उक्त रेकर्ड तोडेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ