arrow

६९ यात्रु लिएर उडेको बुद्धको विमान समयमै ल्याण्ड नहुँदा यात्रु बेहोस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
buddha-air.jpeg

नेपालगञ्ज । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं नाइन एन–एजेएक्सको जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

उनको होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ