arrow

विराटनगर, जनकपुर र सिमरामा हुन सकेन उडान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
everest-mountain-flight-in-nepal.jpg

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले बताए । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ ।

पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु-कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तरराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।
    
एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् । केही विमानस्थल ढिलोगरी खुलेकाले तीन घण्टासम्म उडान ढिलो भइरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । 

उनका अनुसार भरतपुर विमानस्थल बिहान ११:३५ बजे र विराटनगर विमानस्थल २ बजे मात्रै खुलेको छ । खुलेका विमानस्थलमा भने नियमित उडान भइरहेको जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ