arrow

राजसंस्थाका लागि शुभ समय रहेको ज्योतिषीको भविष्यवाणी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
king-gyanendra.jpg

काठमाडौँ । यस वर्ष राजसंस्थाका लागि शुभ समय रहेको एक ज्योतिषीले भविष्यवाणी गरेका छन् ।  समय समयमा विभिन्न खालका राजनीतिक लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणी गर्दै आएका ज्योतिषी दीपक सुवेदीले नेपालमा पुनः राजसंस्था कायम हुन सक्ने समय आएको भविष्यवाणी गरेका छन् ।

ज्यो. सुवेदीले यसै वर्षको वार्षिक भविष्य फल गर्दै राजनीतिक उलटपुलट हुन्छ भनेर भनेका थिए नभन्दै लगभग दुई तिहाइ बहुमतको केपी ओली सरकार ढलेको थियो । सरकार मात्रै ढलेन नेकपा नै तीन कित्तामा विभाजित पनि भएको थियो ।

सुवेदीका अनुसार राजनीतिक परिवर्तनसँग सम्बन्धित विशेष महत्त्वपूर्ण जस्तै संविधान घोषणा आदिको ग्रह कमजोर परेको र राजसंस्थाका प्रतिनिधिहरूको ग्रह अनुकूल परेको हुनाले राजसंस्था कायम हुनसक्ने उनको दाबी छ । 

उनी भन्छन्,'राजसंस्था कायम हुने समय चाही आयो तर भाग्यमा छ भन्दैमा चाल्नोमा दूध अडिँदैन । भाग्य भएर मात्रै हुन्न त्यसलाई कर्मयोग गरेर प्राप्त गर्नुपर्छ । राजसंस्था कायम हुने यो मौकालाई राजावादीहरूले समयमै बुझेर उपयुक्त कदम उठाउन जरुरी हुन्छ अन्यथा समय फुत्केपछि पछुतो मात्र हुनसक्ने छ ।' 

 राजनीतिक अनुमानभन्दा परको कुरा ज्योतिष विज्ञानको माध्यमबाट त्यस्ता सम्भावित घटनाक्रमलाई पुष्टि गर्ने ज्यो. सुवेदी बताउँछन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ