काठमाडौं । नेपालमा कोरोना भाइरसको दर ५७ प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म ४ प्रतिशत रहेको संक्रमण दर शनिबारसम्म आइपुग्दा ५६.७९ प्रतिशत रहेको हो ।
शनिबार १४ हजार ४६२ पीसीआर परीक्षणबाट ८ हजार २१२ जना संक्रमित भएका हुन् । २० हजार १८७ जनाको परीक्षणबाट १० हजार २५४ संक्रमित पाइएका हुन् । जसमा २ हजार ४२ एन्टिजेनबाट संक्रमित पाइएका हुन् ।
संक्रमणको दर बढेसँगै सक्रिय संक्रमित बढेर ७२ हजार ८६२ पुगेका छन् । शनिबार एकैदिन १६ जनाको मृत्यु भएको छ । धेरै महिनापछि एकैदिन १६ जनाको ज्यान गएको हो । कोरोनाको तेस्रो लहर शुरु भएसँगै कम मृत्यु भएको भनिरहँदा शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो ।